Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते

    दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 924
    SHARES

    दाङ । दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।

    घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस चौपट्टाको ओरालोमा अनियन्त्रित भई पल्टिँएको हो ।



    जिल्ला प्रहरीका कार्यालय दाङ अनुसार गम्भीर घाइते लमही नगरपालिका–८ बस्ने २६ वर्षका दीपककुमार चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।



    अन्य घाइतेको दाङकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडीको ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार