Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • विश्व बैंकद्धारा युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा

    विश्व बैंकद्धारा युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 939
    SHARES

    फाइल फोटो

    एजेन्सी । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

    विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।



    पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    विश्व बैंकको अनुमानअनुसार युक्रेनको पुनर्निर्माण र पुनस्र्थापनाको लागत आगामी तीन वर्षमा १०० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

    युक्रेनका लागि आपतकालीन कोषका लागि करिब १३ अर्ब अमेरिकी डलर परिचालन गरिसकेको र त्यसमध्ये ११ अर्ब अमेरिकी डलर वितरण भइसकेको बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार