Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु पर्छ : केपी ओली

    जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु पर्छ : केपी ओली

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 696
    SHARES

    सप्तरी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु पर्ने बताएका छन् ।

    राष्ट्रिय युवा संघ नेपाल सप्तरीद्वारा आयोजित सभालाई संम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।



    ओलीले वर्तमान सरकारले नागरिकता समस्या समाधान हुन नदिएको आरोप लगाए । कानुनसम्मत ढंगबाट नागरिकताबारे अध्यादेश ल्याउँदा अहिलेका गठबन्धनले अदालतको गलत प्रयोग गरेर रोकेको बताए ।



    ओलीले भने, ‘जन्मसिद्धका सन्तानले नागरिकता पाउनुपर्छ, म प्रधानमन्त्री हुँदा अध्यादेश ल्याएपछि जन्मसिद्धका सन्तानहरुले वंशजको आधारमा नागरिकता पाएका थिए,

    तर अहिले गठबन्धनमा भएकाहरुले मुद्दा हाले, संविधानसम्मत ढंगबाट ल्याएको कानुन अदालतको दुरुपयोग गरेर रोक्न लगाए ।’

    देशमा गठबन्धनको नाममा नक्कली सरकार रहेको उनले आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार