Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • इटहरी उपमहानगरका पूर्व मेयर चौधरी माओवादी प्रवेश

    इटहरी उपमहानगरका पूर्व मेयर चौधरी माओवादी प्रवेश

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 684
    SHARES

    काठमाडौं । इटहरी उपमहानगरपालिका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    आज बिहान खुमटारस्थित दाहाल निवास पुगेर माओवादी प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका र खादा लगाएर स्वागत गरे।



    नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि माओवादी प्रवेश गरेको बताइएको छ । चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन् ।



    सो क्षेत्रमा यसअघि एमालेका सर्वध्वज साँवाले जितेका थिए । गठबन्धनमा प्रतिनिधिसभाको सीट कांग्रेसको भागमा परेको छ ।

    प्रदेशसभातर्फ पनि सो क्षेत्रका ख बाट कांग्रेसका राजीव कोइरालाले जितेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार