Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ‘मनीचेन्जर’को नयाँ इजाजत बन्द

    ‘मनीचेन्जर’को नयाँ इजाजत बन्द

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 990
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाहेकका अन्य स्थानमा ‘मनिचेन्जर’को नयाँ इजाजत बन्द गरेको छ ।

    नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।



    नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी अर्को व्यवस्था नभएसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजत प्रदान गने सम्बन्धी कार्य बन्द गरिएको जनाएको छ ।



    विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार