Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • माओवादी केन्द्रले समानुपातिकको बन्द सूचीबाट हटायो महराको नाम

    माओवादी केन्द्रले समानुपातिकको बन्द सूचीबाट हटायो महराको नाम

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 789
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ।

    आइतबार मध्यरातमा माओवादी केन्द्रले बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो। महरा आफैंले नाम हटाउन लगाएको स्रोतले बतायो।



    उनी २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए। माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उनले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसकेका छन्।



    उनी २०६३/०६४ सालको अन्तरिम संसदमा समेत थिए। उनी २०४८ र २०७० सालमा रोल्पा र २०७४ दाङबाट निर्वाचित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार