Online Nepal
  • शनिबार, १० साउन २०८२
  • बिहानैदेखि बालुवाटारमा गठबन्धनको ‘निर्णायक’ वार्ता जारी

    बिहानैदेखि बालुवाटारमा गठबन्धनको ‘निर्णायक’ वार्ता जारी

    अनलाइन नेपाल
  • बिहिबार, २० असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा निर्णायक वार्तामा जुटेका छन् ।

    बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिन आज बिहीवार बिहानदेखि निर्णायक वार्ता जारी राखेको छ ।



    निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको बताइएको छ ।

    प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावका लागि यही असोज २३ गते आइतवार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार