Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सभामुख सापकोटाद्धारा चुनाव नलड्ने घोषणा (वक्तव्यसहित)

    सभामुख सापकोटाद्धारा चुनाव नलड्ने घोषणा (वक्तव्यसहित)

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 630
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा भाग नलिने बताएका हुन् ।

    सापकोटाले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा युवाहरूलाई मौका दिन आफु नलड्ने बताए ।



    उनले भने, ‘सिन्धुपाल्चोक १ मा मेरो नाम सिफारिस पनि भएको थियो । गठबन्धन भएकोले जित्ने सम्भावना पनि थियो । तर युवालाई अगाडि बढाउनुपर्छ भनेर मैले यो निर्णय गरेको हुँ । म फरक भूमिकाबाट काम गर्नेछु ।’



    लगातार ३ पटक चुनाव जित्ने अवसर पाएको र युवा पुस्तालाई अगाडि बढाउन आफूले यो कदम चालेको सापकोटाले बताए । उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता पनि जनाए ।

    यसअघि उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार