Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट, 'स्वकीय' ओलीले पाए

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिँह ओलीले प्रदेश सभा सदस्यको टिकट पाएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा सदस्यका लागि टिकट नपाउने देखिएपछि फेरि प्रदेश सभाकै निर्वाचन लड्ने मनसायमा थिए । तर उनका स्वकीय सचिवले प्रदेश सभा सदस्यको टिकट पाएपछि भट्ट वञ्चित भएका हुन् ।

एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको डोटी नेकपा (एकीकृत समाजवादी) को भागमा पर्दा प्रदेश सभा (१) कांग्रेस र प्रदेश सभा (२) क्षेत्र माओवादी केन्द्रको भागमा परेका छन् ।

माओवादीको भागमा परेको प्रदेश सभा (२) बाट नै भट्ट ०७४ सालको चुनाव लडेर प्रदेश सांसद बनेका थिए। यसपटक मुख्यमन्त्री भट्टको टिकट खोसेर माओवादी केन्द्रले त्यहाँका इन्चार्ज शिवसिंह ओलीलाई उम्मेदवार बनाउने भएको हो।

ओली मुख्यमन्त्री भट्टका स्वकीय सचिव (पीए) पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077