Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • साताको दोस्रो दिन नेप्सेमा २७ अङ्कको गिरावट

    साताको दोस्रो दिन नेप्सेमा २७ अङ्कको गिरावट

    अनलाइन नेपाल
  • सोमबार, २४ असोज २०७९
  • 567
    SHARES

    काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २७.२६ अंक (१.४३ प्रतिशत) ले गिरावट भएर १८७१.२२ अंकमा बन्द भएको छ । दशैंपछिको पहिलो कारोबार दिन आइतबार ४४ अंकको वृद्धि भएको नेप्से सोमबार नै पुनः गिरावट भएको हो ।

    नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम भने बढेर करिब १ अर्ब नजिक पुगेको छ । आइतबार करिब ८४ करोडको कारोबार भएको बजारमा सोमबार ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर किनबेच हुँदा ९७ करोड १७ लाख ६८ हजारको कारोबार भएको छ ।



    जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १६ करोड ५८ लाख ७६ हजारको कारोबार हुँदा नेपाल इन्स्योरेन्सको संस्थापक सेयर ६ करोड ६ लाख १२ हजार ५०० रुपैयाँ र नबिल बैंकको ४ करोड ४२ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।



    सोमबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ ।

    सोमबार कारोबार भएकामध्ये अभियान लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा एनएमबी हाइब्रिड फण्ड १ को इकाइ मूल्य ३.६७ प्रतिशत र ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइ मूल्य ३.४९ प्रतिशतले वृद्धि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार