Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सशस्त्र युद्धसम्म नायक रहेका प्रचण्ड संसदीय राजनीतिमा आएसंगै खलनायक भए : सीपी गजुरेल

    सशस्त्र युद्धसम्म नायक रहेका प्रचण्ड संसदीय राजनीतिमा आएसंगै खलनायक भए : सीपी गजुरेल

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 654
    SHARES

    बुटवल । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)नायकबाट खलनायकमा रुपान्तरण भएको आरोप लगाएका छन् ।

    देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले मंगलबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले यस्तो बताएका छन् । उनले माओवादीले गरेको सशस्त्र युद्धसम्म नायक रहेका प्रचण्ड संसदीय राजनीतिमा आएसंगै नायकबाट खलनायकमा रुपान्तरण हुंदै गएको बताए ।



    गजुरेलले भने, ‘भर्खरै भारत भ्रमण जानुअघि प्रधानमन्त्री बन्दिन भनेका प्रचण्ड दिल्लीमा आरजु राणासंग वार्ता गरेर फर्केपछि प्रधानमन्त्री बन्ने दौडमा लागेका छन् ।’



    माओवादीको मुख्य एजेण्डा जनगणतन्त्र स्थापना गर्नु भएको र त्यसैका लागि संविधानसभा चुनावबाट संविधान बनाउन शान्तिपूर्ण राजनीतिमा आएपछि प्रचण्डले आफ्ना एजेण्डाहरु छाड्दै गएको बताए ।

    युद्धकालमा भारतविरुद्ध सुरुङ युद्ध गर्ने भनेका प्रचण्ड सरकारमा गएपछि राष्ट्रियताका एजेण्डा छाड्दै गएको गजुरेलले बताए ।सरकारमा रहेका दलहरुले चुनाव अघि नै गठबन्धन गरेर जानु लोकतन्त्र नभई लुटतन्त्र भएको नेता गजुरेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार