Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • श्रीमतीसँग बालेनको लण्डन पबमा रोमान्टिक डान्स

    श्रीमतीसँग बालेनको लण्डन पबमा रोमान्टिक डान्स

    अनलाइन नेपाल
  • बिहिबार, २७ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दरबारमार्गस्थित लन्डन पबमा श्रीमतीसँग नाचेका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

    पबको सामाजिक सञ्जालमा राखिएको फोटो र भिडियोमा मेयर बालेन उनकी श्रीमती सबिना काफ्लेसँग रोमान्टिक मुडमा नाचेको देखिन्छ । उनले नाच्दा त्यहाँको माहोल नै तातिएको थियो ।



    हाल लण्डन पब किंग्स लाउञ्जको छेउमा सञ्चालनमा आएको छ । नयाँ ठाउँमा सञ्चालनमा आएको लण्डन पबमा मंगलबार राति बालेन एक कार्यक्रममा पुगेका हुन् ।



    महानगरपालिकाले भवनको नक्सा विपरीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा दरबारमार्गको लण्डन पब पनि हटाएको थियो । लण्डन पब हटाउन महानगरका मेयर बालेन ८ भदौमा आफैं डोजर लिएर पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार