Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आइतबार नेप्सेमा ९ अंकको गिरावट, ८० करोड ३५ लाखको सेयर कारोबार

    आइतबार नेप्सेमा ९ अंकको गिरावट, ८० करोड ३५ लाखको सेयर कारोबार

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 642
    SHARES

    काठमाडौं । हप्ताको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ। आज नेप्से परिसूचक ९.६९ अंकले घटेर १८६०.०४ विन्दुमा अडिएको छ।

    सेन्सेटिभ इन्डेक्स १.७२ अंकले घटेर ३६५.४२ विन्दुमा झरेको छ। यसदिन ८० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको छ। २२१ कम्पनीको २५ लाख ७४ हजार कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँमा खरिदबिक्री भयो।



    कारोबारमा आएका १३ वटै समूहमध्ये ११ वटाको सूचक राताम्मे देखिएका छन्। यसदिन बैंकिङको ३.३५ र म्यानु एण्ड प्रोको १३.८३ अंकले बढेको छ।



    अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ९.९९ अंकले बढ्यो। कारोबार रकमका आधारमा एभरेष्ट बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ८ करोड ४७ लाख ५९ हजार रुपैयाँ बढीको सेयर कारोबार भयो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार