Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चौरपाटी गाउँपालिकाले भित्र्यायो कोदो चुट्ने र फल्ने मेसिन, अध्यक्ष साउँदले गरे उद्घाटन

    चौरपाटी गाउँपालिकाले भित्र्यायो कोदो चुट्ने र फल्ने मेसिन, अध्यक्ष साउँदले गरे उद्घाटन

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 1.2K
    SHARES

    अछाम । रैथाने बाली कोदो खेतीको संरक्षण र प्रवर्द्धनमा सक्रिय चौरपाटी गाउँपालिकाले कोदो चुट्ने र फल्ने मेसिन भित्र्याएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले पहिलो पटक परीक्षणका लागि ल्याएका हाते मेसिन र ईलेक्टोनिक्स मेसिनको उद्घाटन गरेका हुन् ।

    कोदो खेती संरक्षण र कोदो खेतीको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कृषकलाई छिटो छरितो काम गर्न सहजताका लागि मेसिन ल्याएको चौरपाटी गाउँपालिका अध्यक्ष साउँदले बताए । हाल परीक्षणका लागि दुई वटा मेसिन ल्याएको र कृषकको माग भई आएमा आवश्यकता र माग अनुसार गाउँपालिकाका टोल बस्तीमा मेसिन उपलब्ध गराइने उनको भनाई छ ।



    थोरै समयमा मेसिनबाट धेरै काम गर्न सकिने भएकाले मेसिनको सही किसिमबाट प्रयोग गरी बचत भएको समय उत्पादनमूलक काममा लगाउन सकिने छ । गाउँपालिकाले कोदो चुट्ने मेसिन भित्र्याएपछि यहाँका किसानहरू उत्साहित भएका छन् । दिनभरि लाठ्ठीले कोदो चुट्ने बाध्यता अब हट्ने भन्दै किसानहरू खुसी भएका हुन् ।



    रैथाने बाली कोदो खेती लोप हुन लाग्दा चौरपाटी गाउँपालिकाले वाली संरक्षणका लागि प्रविधिबाट काम गर्न पाउँदा कृषक खुसी भएको स्थानीय कृषक बल बहादुर साउँदले बताए । प्रविधिबाट काम गर्दा एकातिर कामको भार कम हुने र अर्को तर्फ कृषकलाई कोदो बाली उत्पादनमा वृद्धि गर्न सकिने कृषकको भनाई रहेको छ ।

    कोदो कुट्दा शरीर दुख्ने, हातमा फोका पर्ने समस्या पनि मेसिन ल्याएसँगै हट्ने किसानहरूले विश्वास व्यक्त गरेका छन् । यस अघि पनि रैथाने वाली कोदो संरक्षणका लागि गाउँपालिकाले ‘फलेको कोदो कुटेको धान’ कार्यक्रम अनुसार कोदासँग चामल साट्ने कार्यक्रम सुरु गरेको थियो ।

    गाउँपालिकाले संकलन गरेको कोदो तराईका जिल्ला कैलाली, कञ्चनपुर तथा राजधानी काठमाडौँ सम्म पठाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार