Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 891
    SHARES

    काठमाडौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेर आएको छ ।

    आइतबार आइओसीबाट मूल्य बढेर आएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो । निगमका अनुसार खासगरी डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ ।



    नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएकाले मूल्य बढ्न सक्नेतर्फ पनि संकेत गरेको छ । निगमका अनुसार आज आएको नयाँ मूल्य सूची अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेको छ ।



    नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ।

    योसँगै निगमलाई डिजेलमा ६.३४ रूपैयाँ प्रतिलिटर घाटा हुने बताएको छ । त्यस्तै खाना पकाउने ग्यासमा ३२५.४४ रूपैयाँ प्रतिसिलिन्डर घाटा छ।

    पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने केही नाफा हुने निगमको भनाइ छ । अब समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड नाफा हुने विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार