Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ६७औं प्रहरी दिवस

    पूर्वएआईजी सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    पूर्वएआईजी सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 711
    SHARES

    काठमाडौं । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रबहादुर सिंहलाई नेपाल प्रहरीको ‘लाइफटाइभ अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।

    सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित ६७औं प्रहरी दिवसका अवसरमा एआईजी सिंहलाई उक्त अवार्ड प्रदान गरिएको हो ।



    ३९ वर्ष नेपाल प्रहरीमा सेवा गरेका सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड प्रदान गरेका हुन्।



    उनले २०६३ सालमा अवकाश प्राप्त गरेका थिए । प्रहरी दिवसको अवसरमा सरकारले उत्कृष्ट कार्यसम्पादन गर्ने २५ जना सकल दर्जालाई पुरस्कृत गरिएको थियो ।

    २०१२ सालमा स्थापना भएको नेपाल प्रहरीले  प्रहरी दिवसको अवसर पारेर हरेक वर्ष उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार