Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • नेप्सेमा १२ अंकको गिरावट, २१ लाख कित्ता सेयर किनबेच

    नेप्सेमा १२ अंकको गिरावट, २१ लाख कित्ता सेयर किनबेच

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 588
    SHARES

    काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक नेप्से १२.८१ अंक (०.६९ प्रतिशत) ले गिरावट भएर १८४५.५१ अंकमा बन्द भएको छ ।

    बुधबार ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटीभ इन्डेक्स पनि २.६६ अंकले गिरावट भएर ३६२.९६ अंकमा बन्द भएको छ । बुधबार नेप्सेमा होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।



    बुधबार बजारमा २१ लाख ५१ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ६४ करोड ३६ लाख ८ हजारको कारोबार भएको छ ।बुधबार कुल १८३ कम्पनीको सेयर कारोबार हुँदा १५८ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २ कम्पनीको सेयर मूल्य स्थिर छ ।



    बुधबार अभियान लघुवित्तको सेयर मूल्य १० प्रतिशत र सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड २ को इकाइमूल्य ९.९४ प्रतिशतले वृद्धि भएको छ ।

    यता पिपुल्स पावरको सेयरमूल्य ७.४७ प्रतिशतले वृद्धि गिरावट हुँदा सामलिङ पावरको सेयर मूल्य ६.१३ प्रतिशत र वीन नेपाल लघुवित्तको सेयर मूल्य ५ प्रतिशतले गिरावट भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार