Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • राजदूत पराजुलीले बुझाइन् ओहदाको प्रमाणपत्र, स्पेनी राजाको नेपाल भ्रमण गर्ने इच्छा

    राजदूत पराजुलीले बुझाइन् ओहदाको प्रमाणपत्र, स्पेनी राजाको नेपाल भ्रमण गर्ने इच्छा

    अनलाइन नेपाल
  • शनिबार, ५ कार्तिक २०७९
  • 597
    SHARES

    काठमाडौं । स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले आफ्नो ओहदाको प्रमाणपत्र बुझाएकी छन् । पराजुलीले शुक्रबार स्पेनका राजा फेलिपे छैटौंलाई ओहदाको प्रमाणपत्र बुझाएकी हुन् ।

    ओहोदाको प्रमाणपत्र ग्रहणका क्रममा स्पेनी राजाले यसअघि अनौपचारिक रुपमा नेपालको भ्रमण गरेको स्मरण गर्दै उपयुक्त समयमा पुनः नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरेका छन् ।



    भेटका क्रममा स्पेनी राजाले नेपालमा कोभिड तथा हालैको बाढी पहिरोका कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै राजदूत ढकालको कार्यकालमा दुई देशबीच परस्परको सहकार्य र सहयोगका आधारमा सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गरे ।



    भेटका क्रममा राजासँगै त्यहाँका परराष्ट्र सचिव, अन्य विशिष्ट अधिकारीहरुको सहभागी रहेको दूतावासले उल्लेख गरेको छ।यसअघि ओमानका लागि नेपाली राजदूत रहेकी पराजुलीलाई शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारले स्पेनका लागि राजदूत नियुक्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार