Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • सेयर बजारमा दोहोरो अंकको सुधार, ५१ करोड ६८ लाखको सेयर कारोबार

    सेयर बजारमा दोहोरो अंकको सुधार, ५१ करोड ६८ लाखको सेयर कारोबार

    अनलाइन नेपाल
  • आइतबार, ६ कार्तिक २०७९
  • 852
    SHARES

    फाइल फोटो

    काठमाडौं । तिहार अगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्से १४.३५ अंक (०.७८ प्रतिशत) ले वृद्धि भएर १८५८.४९ अंकमा बन्द भएको हो ।

    ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.८८ अंकले बढेर ३६५.९३ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचक भने घटेको छ ।



    नेप्सेमा वृद्धि देखिए पनि कारोबार रकम हेर्दा भने लगानीकर्ता उत्साहित भएको देखिंदैन । आइतबार नेप्सेमा १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजारको कारोबार भएको छ ।



    जसम्धये एभरेष्ट बैंकको सर्वाधिक ५ करोड १६ लाख ३३ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड ३८ लाख ८० हजार र नेपाल बैंकको ३ करोड २० लाख १९ हजारको कारोबार भएको छ ।

    आइतबार बजारमा कुल १८२ कम्पनीको सेयर कारोबार हुँदा १३५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

    ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । जसमध्ये रुरु जलविद्युत् कम्पनी र सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

    यता सिटिजन्स म्युचुअल फण्ड २ को इकाइ मूल्य ९.५५ प्रतिशतले गिरावट हुँदा अभियान लघुवित्तको सेयर मूल्य ७.६० प्रतिशत र मानुषि लघुवित्तको सेयरमूल्य ४.०३ प्रतिशतले गिरावट भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार