Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

    भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । संयुक्त अधिराज्य बेलायतमा पहिलो पटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने भएका छन् ।

    ४२ वर्षीय ऋषि सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उनी बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेका हुन् ।



    उम्मेदवारी दर्ताको अन्तिम समयमा अर्की दाबेदार पेनी मोर्डन्ट नेतृत्वको दौडबाट बाहिरिएपछि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ऋषिको बाटो खुलेको हो ।



    सेप्टेम्बरमा प्रधानमन्त्री पदको दौडमा लिज ट्रससँग पराजित भएका भारतीय मूलका ऋषि सुनक यसपटक प्रधानमन्त्री बन्ने भएका हुन् ।

    प्रधानमन्त्रीका रूपमा ट्रसले ४५ दिनभन्दा बढी काम गर्न सकिनन्। त्यसपछि ऋषि फेरि प्रधानमन्त्रीको दौडमा सामेल भएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार