Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • लक्ष्मी पूजामा यस्तो देखियो काठमाडौं [फोटोफिचर]

    लक्ष्मी पूजामा यस्तो देखियो काठमाडौं [फोटोफिचर]

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । यमपञ्चक अन्तर्गत आज सोमवार धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ ।

    आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा शृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दीपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।



    लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पिठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।



    लक्ष्मी पूजाका दिन काठमाण्डौमा झिलिमिली देख्न सकिन्छ ।

    यस्ता छन् तस्बिरहरू :

    .

    – रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार