Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नवलपुर बस दुर्घटना : पाँचै जना मृतकको पहिचान खुल्यो

    नवलपुर बस दुर्घटना : पाँचै जना मृतकको पहिचान खुल्यो

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 750
    SHARES

    फाइल तस्विर

    नवलपरासी । नवलपरासीको बुलिङटारमा बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाकै पहिचान खुलेको छ ।

    पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आज बिहान करिब चार बजे नवलपरासी पूर्व (नवलपुर) को बुलिङटारमा दुर्घटना भएको थियो ।



    दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् ।



    उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार