Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चुराको गोदाममा आगलागी : एक जनाको मृत्यु, एक गम्भीर घाइते

    चुराको गोदाममा आगलागी : एक जनाको मृत्यु, एक गम्भीर घाइते

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 651
    SHARES

    फाइल तस्विर

    बाँके । बाँकेमा चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको नेपालगन्ज–५ रामनगरमा रहेको रमेशकुमार नागको घरमा मो आरिफ अन्सारीले भाडामा लिएको चुराको गोदाममा आगलागी हुँदा २३ वर्षीय समिर वलीको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आगलागीमा मृत्यु हुने वली अन्सारीका साला नाता पर्छन् । यस्तै आगालागीबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते भएका अन्सारीकी भेरी अस्पतालमा उपचार भइरहेको छ ।



    आगालगीसँगै ठूलो विष्फोट भएपछि घरमा पनि क्षति पुगेको छ । आइतबार बिहान ५ बजेर ४० मिनेटमा एक्कासी आगो लागेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार