Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

    तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 891
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार १ हजारले घट्दै सुरू भएको जनाएको छ ।



    आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।



    यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै, चाँदीको कारोबार तोलाको १२ सय रुपैयाँमा भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार