Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

आईसीसी ट्वान्टी–२० विश्वकप : न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्दै इंग्ल्याण्ड

काठमाडौं । टी-२० विश्वकप क्रिकेटको समूह-१ मा आज (मंगलबार) न्यूजिल्याण्ड र इंग्ल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।

ब्रिसबेन क्रिकेट मैदानमा न्यूजिल्याण्ड र इंग्ल्याण्डबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

इंग्ल्याण्डलाई पराजित गरे न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्नेछ । तर, न्यूजिल्याण्ड पराजित भए यो समूहमा सेमिफाइनल यात्रा निकै रोचक बन्ने छ ।

न्यूजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल पुग्ने दाउमा छ । इंग्ल्याण्ड हारे न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्नेछ । यता, इंग्ल्याण्ड हारेसँगै अस्ट्रेलिया सेमिफाइनल नजिक पुग्नेछ ।

तीन खेलमा दुई जित र एक खेलमा अंक बाँड्दै न्यूजिल्याण्ड पाँच अंक बनाएर समूह–१ को शीर्ष स्थानमा छ ।

चार खेलबाट पाँच अंक बनाएको अस्ट्रेलिया दोस्रो स्थानमा रहँदा तीन खेलबाट तीन अंक जोडेको इंग्ल्याण्ड तेस्रो स्थानमा छ । चौथो स्थानमा आयरल्यान्ड, पाँचौँमा श्रीलंका र छैटौँ स्थानमा अफगानिस्तान छन् ।

६ टिम रहेको समूहबाट शीर्ष दुई सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077