Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • केही पार्टीका नेतालाई धरहरा हेर्दा मुटुमा सुइरो रोपेझैँ हुन्छ : केपी ओली

    केही पार्टीका नेतालाई धरहरा हेर्दा मुटुमा सुइरो रोपेझैँ हुन्छ : केपी ओली

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 690
    SHARES

    फाइल तस्विर

    काठमाडौ. । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीका नेतालाई धरहरा हेर्‍यो कि घोच्ने गरेको बताएका छन्।

    बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१मा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको दाबी गरे ।



    उनले सांस्कृतिक र ऐतिसिक स्थलमा रहेको धरहरालाई भ्यू टावर र सेतो टावरको टिप्पणी गरेकोप्रति आपत्ति जनाए। उनले एमालेले गरेका काम देख्न नसकेर यस्तो टिप्पणी गर्ने गरेको बताए।



    अध्यक्ष ओलीले भने, ‘अहिले केही पार्टी र तीनका नेतालाई धरहरा हेर्‍यो कि मुटुमा सुइरो रोपेजस्तो हुन्छ । धरहराको टुप्पो हेरेपछि घोच्छ तिनीहरूलाई । त्यस कारण उनीहरू कराउँछन् । कसैले सेता भ्यूटावर हो भन्छन् ।’

    दिल्लीले त्यहाँ रहेको कुतुमिनारमा गर्व गर्ने गरेको तर, नेपालको धरहरालाई लिएर अनेक प्रश्न उठाउने गरिएको ओलीले बताए ।एमालेको सरकारले भूकम्पले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गरेको दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार