Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • साउदी अरबको जेलमा रहेका एक नेपालीलाई दिइयो मृत्युदण्ड

    साउदी अरबको जेलमा रहेका एक नेपालीलाई दिइयो मृत्युदण्ड

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 873
    SHARES

    फाइल तस्विर

    काठमाडौं । साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो।

    मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ। रियादस्थित नेपाली दूतावासकाअनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो।



    विवेक दाहालले सन् २००७ फेब्रुअरी २ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए। अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।



    २००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे। दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए।

    विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो। उनीमाथि पशु करणी गरेको आरोप लागेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार