Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • निर्वाचनलगत्तै शिक्षक विज्ञापन खोल्ने तयारी

    निर्वाचनलगत्तै शिक्षक विज्ञापन खोल्ने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 771
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगले निर्वाचनलगत्तै मंसिरबाट विज्ञापन गर्ने तयारी थालेको छ ।

    पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया शुरू गर्ने जनाएको आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको रिक्त शिक्षक पदपूर्तिको विवरण उपलब्ध नगराएको कारण समस्या पैदा भएको जनाएको छ ।



    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले शिक्षक सेवा आयोगको नियमावलीको नियम–८ मा असोज मसान्तभित्र तथ्यांक प्राप्त गरी मंसिरमा विज्ञापन गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिँदै भने– ‘आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुसार केन्द्रले विज्ञापन दिएमा प्रक्रिया अघि बढाउन सहज हुने थियो ।’



    सूचना अधिकारी मरहठ्ठाका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएको रिक्त दरबन्दी र गत वर्षको विज्ञापनमा पूरा हुन नसकेका दरबन्दीअनुसार विज्ञापन गर्ने तयारी थालेको छ । उनले भने– ‘केन्द्रले रिक्त शिक्षकको दरबन्दी विवरण पठाउन साथ विज्ञापन गर्ने तयारी थालेका छौं ।’

    विद्यालयको तहगत संरचना आधारभूत तह र माध्यमिक तह भए पनि शिक्षक सेवा आयोगले पुनः तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार