Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • देशलाई बर्बादीबाट रोक्न एमाले नै सरकारमा आउनुपर्छ : केपी ओली

    देशलाई बर्बादीबाट रोक्न एमाले नै सरकारमा आउनुपर्छ : केपी ओली

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 759
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दाबी गरेका छन्।

    प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    ओलीले स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताए।



    अध्यक्ष ओलीले भने, ‘अब हाम्रो देशमा संघीय र प्रादेशिक निर्वाचन हुँदैछ। एउटा खास परिस्थितिमा हामी आज यस ठाउँमा उभिएका छौं।

    आज कार्तिक १९ गते भइसक्यो। केही दिन भित्र मंसीर ४ गते हामी राष्ट्रको भाग्य, भविष्य फैसला गर्ने आम निर्वाचन र प्रादेशिक निर्वाचन एकैदिन एकै चोटी गर्दैछौं।’

    उनले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार