Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको बस त्रिशुली किनारमा खस्यो

    काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको बस त्रिशुली किनारमा खस्यो

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 798
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंबाट रूकुम जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० हुग्दीखोला नजिक दुर्घटना भएको छ ।

    शनिबार राति सवा ६ बजे बा ४ ख ५७९० नम्बरको बस त्रिशुली किनारमा खसेको हो ।



    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बस २०० मिटर तल खसेको छ । दुर्घटना हुँदा चालकसहित १६ जना घाइते छन्।



    उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ । घाइतेको उद्धार भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार