Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • त्रिशूलीमा बस दुर्घटना : चालकसहित १९ जना घाइते, उपचारका लागि काठमाडौं पठाइयो

    त्रिशूलीमा बस दुर्घटना : चालकसहित १९ जना घाइते, उपचारका लागि काठमाडौं पठाइयो

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 672
    SHARES

    फाइल फोटो

    धादिङ । काठमाडौंबाट रूकुमकोटतर्फ जाँदै गरेको बस शनिबार साँझ त्रिशूलीमा खस्दा १९ यात्रु घाइते भएका छन् ।

    पृथ्वी राजमार्गको धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० हुग्दीखोलामा शनिबार साँझ बा ४ ख ५७९० नम्बरको बस दुर्घटना भएको थियो ।



    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सबै घाइतेहरुको स्थानीय मेडिकलाम प्रारम्भिक उपचारपछि काठमाडौं रेफर गरिएको छ ।



    उक्त बस सडकबाट झण्डै दुई सय मिटर तल त्रिशूली नदी किनारमा खसेको धादिङ प्रहरीले जनाएको छ ।

    दुर्घटनामा बसका चालक धादिङ गल्छी गाउँपालिका–८ का २४ वर्षीय सुमन तमाङको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर प्रहरीको भनाई छ । बाँकी १८ जनाको अवस्था मध्यम रहेको बताइएको छ ।

    यी हुन् घाइते १९ जना (नामावलीसहित)

    १. बस चालक– धादिङको गल्छी गाउँपालिका–८ बस्ने २४ वर्षीय सुमन तामाङ ।
    २. रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ बस्ने १९ वर्षीय भुवन केसी ।
    ३. रुकुम पूर्वको अन्दाजी २१ वर्षीय मदन बुढामगर ।
    ४. दोलखाको वैतेश्वर गाउँपालिका–८ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठ ।
    ५. रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९ बस्ने ३६ वर्षीय मदनबहादुर विक ।
    ६. कञ्चनपुरका २४ वर्षीय तेजबहादुर कठायत ।
    ७. कास्कीका कृष्णप्रसाद अधिकारी ।
    ८. काठमाडौं बस्ने अनिष लामिछाने ।
    ९. बाराको करैयामाई गाउँपालिका बस्ने २७ वर्षीय प्रविण चौधरी ।
    १०. रौतहटको चन्द्रपुर नगरपालिका–२ बस्ने २६ वर्षीया सीता मैनाली ।
    ११. रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–३ बस्ने ५० वर्षीय नरबहादुर खड्का ।
    १२. रुकुम पश्चिमका ३४ वर्षीय शिवबहादुर शाही ।
    १३. दोलखाको कालिञ्चोक गाउँपालिका–९ बस्ने ३४ वर्षीय अविषेक खाती ।
    १४. सिरहाको गोलबजार नगरपालिका–१३ बस्ने २२ वर्षीय रमेश सिंह ।
    १५. बागलुङको निसाखोला गाउँपालिका बस्ने सविन छन्त्याल ।
    १६. रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ बस्ने योगेश्वर विक ।
    १७. रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ बस्ने प्रेमसिंह बोहोरा ।
    १८. रामेछापको मन्थली नगरपालिका–९ बस्ने मिलन लामा ।
    १९. धादिङको गल्छी गाउँपालिका–८ बस्ने रत्न तामाङ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार