Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आफ्नो जीवनको ८८ औं बिहे गर्दै ६१ वर्षका कान

    आफ्नो जीवनको ८८ औं बिहे गर्दै ६१ वर्षका कान

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । इण्डोनेसियाको पश्चिम जाभास्थित माजालेंगमा बस्ने ६१ वर्षका एक वृद्ध आफ्नो जीवनको ८८ औं बिहे गर्ने तयारीमा छन् ।

    ती वृद्धको नाम कान हो र उनी ‘प्ले ब्वाय किंग’को नामले पनि चर्चित छन् । पेशाले किसान रहेका कानले आफ्नो ८८ औं बिहे आफ्नै एक पूर्वपत्नीसँग गर्न लागेका हुन् ।



    ती पत्नीसँग उनको दाम्पत्य जीवन केवल एक महिनासम्म मात्रै चलेको थियो र त्यसपछि उनीहरु छुट्टिएका थिए । अलग भएको लामो समय भएपनि आफूहरुबीच अझै प्रेम गाढा रहेको दाबी कानको छ ।



    कानले १४ वर्षको उमेरमा पहिलो बिहे गरेका थिए । उनकै खराब बानीका कारण बिहेको २ वर्षपछि उनलाई पत्नीले छाडेकी थिइन् ।

    हालसम्म ८७ पटक बिहे गरिसकेका कानको कुनै पनि पत्नीसँग दिगो सम्बन्ध रहन सकेन । त्यति धेरै पत्नीहरुबाट उनका कति सन्तान जन्मिए त्यसको हरहिसाब पनि उनीसँग छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार