Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भरुवा बन्दुकसहित दोलखाका निमपासाङ पक्राउ

    भरुवा बन्दुकसहित दोलखाका निमपासाङ पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 762
    SHARES

    दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा जिल्लाको गौरीशंकर गाउँपालिका-६ चंखु बस्ने ३८ वर्षीय निमपासाङ शेर्पा रहेका छन् ।



    उनलाई १ थान भरुवा बन्दुकसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।



    ईलाका प्रहरी कार्यालय गौरीशंकरबाट खटिएको प्रहरी टोलीले निमपासाङलाई उनकै घरमा लुकीछिपी बसेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरेको थियो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार