Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • १८ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

    १८ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।

    केन्द्रीय बैंकले कात्तिक २२ गते भोलि जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको आज बोलकबोल गर्ने भएको हो ।



    राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः मंसिर २०, माघ २४ गते र २०८० वैशाख २६ गते परिपक्व हुनेछन् ।



    यी ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

    बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार