Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • धनगढीमा मंसिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव हुने

    धनगढीमा मंसिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव हुने

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 942
    SHARES

    कैलाली । विगत २०६३ सालदेखि लाग्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ यो बर्ष पनि लाग्ने भएको छ । आगामी मंसिर २२ गतेबाट पुस २ गतेसम्म धनगढीमा महोत्सव लाग्ने भएको हो ।

    कैलाली उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपती टोलमा मंसिर २२ गतेबाट महोत्सव लाग्ने जानकारी दिएको हो ।



    सुदूरपश्चिमको व्यापार, व्यवसाय तथा‌ कला संस्कृतिलाई संरक्षण गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।



    उनले महोत्सवलाई सुदूरपश्चिमको औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलाको रूपमा मनाइने बताए ।

    महोत्सव आयोजना गर्न अनुमानित २ करोड लगानी‌ लाग्ने र महोत्सवमा सहभागी व्यवसायीले १० करोड बढीको व्यापार गर्ने अनुमान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार