Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मोटरसाइकलको 'लेग गार्ड'मा तरबार राखेर भिडिओ बनाउने दुई जना प्रहरी फन्दामा

काठमाडौं । प्रहरीले मोटरसाइकलको 'लेग गार्ड'मा तरबार राखेर टिकटकमा भिडिओ हाल्ने दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ बस्ने २३ वर्षीय दिपेश महर्जन र दोलखा घर भई स्वयम्भू बस्ने २२ वर्षीय श्रवण लामालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरूले बा ५१ प ४६३९ नम्बरको मोटरसाइकलको लेग गार्डमा तरबार राखेका थिए। त्यहाँबाट तरबार झिकेको भिडिओ खिचेर टिकटकमा समेत अपलोड गरेका थिए।

प्रहरी वृत्त स्वयम्भू र बालाजुबाट खटिएको प्रहरीले आइतबार उक्त मोटरसाइकल फेला पारेको थियो। बालाजुमा मोटरसाइकल र लेग गार्डभित्र राखिएको तरबार पनि बरामद प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएर थप अनुसन्धान अघि बढाएको परिसरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077