Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ‘महापुरूष’ को नयाँ गीत पर्खाल सार्वजनिक

    ‘महापुरूष’ को नयाँ गीत पर्खाल सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 891
    SHARES

    काठमाडौं । प्रदर्शनरत फिल्म ‘महापुरूष’ नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पर्खाल’ बोलको गीत हरिवंश आचार्य र गौरी मल्ल केन्द्रीत छ ।

    उनीहरूबीचको सामीप्यतालाई गीतमा देखाइएको छ । गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि फिचर्ड छन् । गीतमा अरुण र अञ्जनाको बढ्दो प्रेमसमेत देख्न सकिन्छ । गीतमा शान्तिम कोइरालाको स्वर, कल्याण सिंहको संगीत र नवराज पराजुलीको शब्द छ ।



    गीतले एक्लोपनमा रहेका हरिवंशको अव्यक्त इच्छा र चाहनालाई समेटेको लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराई बताए ।



    फिल्म नेपालसहित अमेरिका र अस्ट्रेलियामा प्रदर्शन भइरहेको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् ।

    फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपन कथा फिल्ममा देखाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार