Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कर्तव्य ज्यान मुद्दामा ३० वर्ष कैद तोकिएका अजिव कारागार चलान

बर्दिया । प्रहरीले ३० वर्ष कैद सजाय तोकिएपछि फरार भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दियाको ठाकुरबाबा नगरपालिका-८ घर भएका २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्रीलाई सोमबार पक्राउ गरेको हो ।

जिल्ला अदालत बर्दियाको २०७३ पुस २४ मा उनलाई कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ६ दिन कैद र प्रहरी घेरा तोडेर भागेको मुद्दामा समेत ३० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

मुद्दा फैसला पछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

ठाकुरबाबा नगरपालिका-८ बस्ने ६९ वर्षीय जोरा सिंह भन्ने जोरे थापा आफ्नै घरको बरन्डामा सुतिरहेको अवस्थामा २०७२ फागुन ५ गते राति अजिवले घरायसी रिसइबीका कारण दाउ प्रहार गरेर हत्या गरेका थिए ।

हत्या आरोपमा त्यतिवेला पक्राउ परेका बुढाक्षेत्री २०७२ फागुन ३० गते बर्दिया जिल्ला अदालतमा उपस्थित भएर बयान सकिएपछि शौचालय जान्छु भन्ने बहाना गरेर भागेका थिए ।

उनी शौचालयको भेन्टिलेसनबाट निस्केर फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ पछि उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077