Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

लागूऔषध नाइट्राभेट ट्याव्लेटसहित राई पक्राउ

रौतहट । प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चन्द्रपुर नगरपालिका–४ स्थित सञ्जय होटलबाट चन्द्रनिगाहापुर–६ गुम्बाटोल घर भएका ३२ वर्षीय करण राईलाई पक्राउ गरेको हो ।

राईको साथबाट प्रहरीले ६४५ ट्याब्लेट नाइट्राभेट र ३८ बोत्तल कोडिबेल सिरप बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर र लागुऔषध नियन्त्रण ब्यूरो बीरगञ्जबाट खटिएको टोलीले आरोपीलाई पक्राउ गरेको थियो ।

उनीमाथि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077