Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरियामा एकै दिन ६२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

    कोरियामा एकै दिन ६२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 1K
    SHARES

    फाइल् तस्विर

    एजेन्सी । दक्षिण कोरियामा कोभिड १९ का संक्रमितहरुको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

    स्वास्थ्य अधिकारीअनुसार गएको २४ घन्टा यता यहाँ ६२ हजारजना भन्दा बढी संक्रमित भेटिएका छन्।



    यहाँ गएको २४ घन्टा यता ६२ हजार चार सय ७२ जना संक्रमित थपिएका छन्।



    यहाँ कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजारजना भन्दा बढी संक्रमित भेटिएका समाचारमा जनाइएको छ।

    यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा मङ्गलबार संक्रमित बढेका छन्। अघिल्लो हप्तामा यहाँ बढीमा ५४ हजारमा मात्र संक्रमण देखिएको थियो।

    यहाँ पछिल्लो दिनमा ५९ जनाको यही संक्रमणबाट ज्यान गएको छ। दक्षिण कोरियामा अहिलेसम्म कोभिडको संक्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार चार सयभन्दा बढी रहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार