Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

झण्डै साढे दुई हजार लागूऔषध नाइट्राभेट ट्याव्लेटसहित ९ जना पक्राउ

काठमाडौं । भजनी नगरपालिका -३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्रामसहित जोशीपुर गाउँपालिका-२ बडरिया बस्ने २३ वर्षीय रोहन मिश्रलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्ने उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका-२७ अर्घौ चोकबाट नियन्त्रित लागुऔषध नुर्फिन ३२ एम्पुल, फेनारगन ३२ एम्पुल, डाइजेपाम ३२ एम्पुल र नगद १२ हजार रुपैयाँसहित सोही महानगरपालिका-३० तावामुख बस्ने ३५ वर्षीय हेमन्त थापा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.१७ प ५७७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी स्कुटर चालक हेमन्तलाई पक्राउ गरेको हो ।

यस्तै बझाङको जयपृथ्वी नगरपालिका-७ सुबेडा घर भइ सोही नगरपालिका-९ सिमखेत बसपार्कमा जगदम्बा होटल गरी बस्ने ५४ वर्षीया जगु गिरीलाई अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ ४ सय ६० ग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनले लागुऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १२ मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका-१० बस्ने २४ वर्षीय सौगात राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ६० मिलिग्राम सहित मेचीनगर नगरपालिका-१३ चारआली बस्ने २३ वर्षीय सन्दीप गौतम समेत दुईजनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट पनि एकजना पक्राउ परेका छन्। लागुऔषध डाइजेपाम ५९ एम्पुल, फेनारगन ५९ एम्पुल र नुर्फिन ६० एम्पुल सहित व्यास नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८५९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ हजार ३ सय ९८ पिससहित ललितपुर,ललितपुर महानगरपालिका-१४ बस्ने ४४ वर्षीय रमेश चित्रकार र उनकी श्रीमती ३० वर्षीया मिना घलेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077