Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

आईसीसी ट्वान्टी–२० विश्वकप : टस जितेर भारतविरुद्ध बलिङ गर्दै इङ्गल्यान्ड

काठमाडौं । अस्ट्रेलियामा जारी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा अहिले भारत र इङ्गल्यान्ड खेल्दैछन् । इङ्गल्यान्डले टस जितेर बलिङ रोजेको छ ।

विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ ।

यस खेलमा भारतले कुनै परिवर्तन गरेको छैन भने ईङल्याण्डले यस खेलमा दुई परिवर्तन गरेको छ ।

इङ्गल्यान्डले मार्क वूड र डेविड मलानको ठाउमा फिल साल्ट र क्रिस जोर्डनलाई खेलाएको छ ।

फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077