Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रदर्शन अगावै ‘आरआरआर’ को रेकर्ड तोड्दै ‘पुष्पा: द रुल’

    प्रदर्शन अगावै ‘आरआरआर’ को रेकर्ड तोड्दै ‘पुष्पा: द रुल’

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 987
    SHARES

    काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा: द राइज’ मा जुन मोडमा कहानी छोडिएको थियाे, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ।

    फिल्म ‘पुष्पा: द राइज’ को सफलता भएदेखि नै यसको सिक्वेलको चर्चा भइरहेको छ।



    यो फिल्मको मागलाई मध्यनजर गर्दै निर्माताले विदेशी राइट्स अधिकारको लागि महंगो मूल्य तोकेका छन्। ‘पुष्पा २’ का निर्मातालाई यस फिल्मबाट धेरै फाइदा हुुने देखिएको छ।



    भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार निर्माताले ‘पुष्पा: द रुल’ को विदेशी राइट्स ८० करोड भारुभन्दा बढी तोकेका छन्।

    सोही मूल्यमा बिक्री भयो भने ‘पुष्पा २’ ले प्रदर्शनभन्दा पहिला नै एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को रेकर्ड तोड्ने छ। भारतीय सञ्चारमाध्यमका अनुसार ‘आरआरआर’ को विदेशी राइट्स ७० करोड भारुमा बिक्री भएको थियो।

    फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ।

    यो फिल्मको रिलिज बारे आधिकारिक सूचना बाहिर आएको छैन । तर, फिल्म निकट स्रोतका अनुसार फिल्म सन् २०२३ को अगष्टमा रिलिज हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार