Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • जेरीको भावुक स्ट्याटस – ‘मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पर्‍यो’

    जेरीको भावुक स्ट्याटस – ‘मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पर्‍यो’

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । दोहोरी कलाकार शंकर क्षेत्रीसँग सम्बन्ध विच्छेद भएपछि बबिता बानियाँ (जेरी) निकै भावुक भएकी छन् ।

    बिहीबार काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेकी जेरीले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस लेखेकी हुन् ।



    ‘दोष भाग्यलाई दिउँ कि परिस्थितिलाई, उनले लेखेकी छन्, मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पर्‍यो समयले ।’



    उनीहरु दुवै जनाले आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको बताएका छन् । तर कलाकार जेरीले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस लेखेकी हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दोष भाग्यलाई दिउँ कि परिस्थितिलाई । मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पर्‍यो समयले । तिमीले दिएका हर आँशुको थोपालाई मोती बनाउने कोसिस गर्ने छु । आजबाट अलग भइयो।’ उनीहरुले आजबाट वैवाहिक सम्बन्ध कानुनी रूपमै अन्त्य गरेका छन् ।

    जेरी र शंकरले २०७६ माघ १ गते विवाह गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार