Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हार्डवेयर पसलमा आगलागी : श्रीमान् र श्रीमती घाइते, ४ करोडको क्षति

    हार्डवेयर पसलमा आगलागी : श्रीमान् र श्रीमती घाइते, ४ करोडको क्षति

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 777
    SHARES

    मोरङ । मोरङको बेलबारी नगरपालिका–१ ढुकुरे चोकमा रहेको हार्डवेयर पसलमा आगलागी भएको छ । डबल खान ठकुरीको ३ तले घरमा रहेको शुभलक्ष्मी हार्डवेयर एण्ड सेनेटरीवेयरमा शुक्रबार बिहान १ः४५ बजेतिर अचानक आगलागी भएको हो ।

    आगलागीमा परेर दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा डबल खानका ३० वर्षका छोरा भुषण ठकुरी र २८ वर्षकी बुहारी नमिता ठकुरी छन् । उनीहरुको शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आगलागीमा झन्डै चार करोड रुपैयाँ बराबरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।



    आगलागीका कारण घरका सबै सामग्री जलेर नष्ट भएको छ । घरको सटरमा हार्डवेयर पसल रहेको र पसलमा रहेको नगद चार लाख रुपैयाँ सहित सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै, घरमा रहेको एउटा मोटरसाइकल पनि जलेको छ।



    आगो निभाउन विराटनगर महानगरपालिका, उर्लाबारी नगरपालिका, इटहरी उपमहानगरपालिकालगायतका पालिकाबाट दमकल गएको थियो । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार