Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • फ्राइडे रिलिज : हलमा लागे वाकान्डा फरेभर, रामसेतु र नेपालमा छायाङ्कन गरिएको ‘उचाइ’

    फ्राइडे रिलिज : हलमा लागे वाकान्डा फरेभर, रामसेतु र नेपालमा छायाङ्कन गरिएको ‘उचाइ’

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 696
    SHARES

    काठमाडौं । शुक्रबार नेपालमा तीन फिल्म रिलिज भएका छन् । यस वर्षको प्रतीक्षित हलिउड फिल्म ‘वाकान्डा फरेभर’ र दुई बलिउड फिल्म ‘उचाइ’ र ‘रामसेतु’ रिलिज भएका छन् ।

    फिल्म ‘उचाइ’ फिल्ममा नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग गरिएको छ । बलिउड फिल्म भएपनि यो फिल्मले नेपाललाई विश्वमाझ चिनाउने अपेक्षा गरिएको छ ।



    फिल्मलाई नेपालमा राजन पुरी, विराज कडरिया र सुनिल मानन्धरले मिलेर वितरण गर्दैछन् । यो फिल्मको लाइन प्रोड्यूसरमा नेपालको चर्चित फिल्म निर्माण कम्पनी थ्रि ह्विलर्स फिल्मस् रहेको छ ।



    सुरज बर्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । ४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा यो फिल्मलाई निर्माण गरिएको छ ।

    नेपालको कथावस्तु समेत रहेकाले फिल्मले नेपाली बजारमा समेत राम्रो कमाइ गर्न सक्ने अपेक्षा राखिएको छ ।

    त्यस्तै, अक्षयकुमार अभिनित बलिउड फिल्म ‘रामसेतु’ पनि प्रदर्शन भएको छ। भारतमा तिहारको अवसरमा रिलिज भएको यस फिल्मले भारतमा औसत व्यापार गरिरहेको छ।

    गतसाता नै नेपालमा रिलिन हुने भनिएता पनि सेन्सर अनुमति नपाउँदा यो फिल्म रिलिज हुन सकेको थिएन। ‘रामसेतु’मा अक्षयसँगै ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको अभिनय रहेको छ।

    त्यस्तै, मार्भल स्डुडियोको हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ पनि आजैबाट रिलिज भएको छ। रायन कुगलर निर्देशित यस फिल्ममा लेटिटिया राइट, लुपिता न्योंग, दानाई गुरिरा र विन्स्टन ड्यूकको अभिनय छ।

    वाकान्डा फरेभर सन् २०१८ मा रिलिज भएको कुगलर निर्देशित ‘ब्ल्याक प्यान्थर’को दोस्रो भाग हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार