Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • स्नातक पहिलो वर्षको नतिजा प्रकाशन गर्न अनेरास्ववियूको माग, नभए आन्दोलनको चेतावनी

    स्नातक पहिलो वर्षको नतिजा प्रकाशन गर्न अनेरास्ववियूको माग, नभए आन्दोलनको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 789
    SHARES

    काठमाडौं । अखिल (क्रान्तिकारी)ले १६ महिनाअघि लिइएको स्नातक तह प्रथम वर्षको परीक्षाको नतिजा प्रकाशन गर्न सात दिनको अल्टिमेटम दिएको छ ।

    परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई बिहीबार ज्ञापन पत्र बुझाउँदै अखिल क्रान्तिकारीका संयोजक पवन कार्कीले एक साताभित्र ९ वटा माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।



    ‘एक साताभित्र माग पूरा गर्न नसके विश्वविद्यालय र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरू असक्षम भएको घोषणा गरी अखिल क्रान्तिकारी सशक्त आन्दोलनमा जान बाध्य हुनेछ,’ ज्ञापन पत्रमा भनिएको छ।



    परीक्षा भएको डेढ वर्षसमम्म पनि रिजल्ट नगरेर त्रिविले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको र त्रिविकै साख गिराएको आरोप पनि अखिल क्रान्तिकारीको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार