Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • डोटी भूकम्पबाट पीडितलाई एनआरएनएले पाँच लाख रुपैयाँ सहयोग गर्ने

    डोटी भूकम्पबाट पीडितलाई एनआरएनएले पाँच लाख रुपैयाँ सहयोग गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 966
    SHARES

    काठमाडाै‌ं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले डोटीमा भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

    गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।



    डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाइ आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको भएका छन् भने ८ जना घाईते भएका छन्।



    गैरआवासीय नेपाली संघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार