Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपालले जित्यो साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि

    नेपालले जित्यो साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 873
    SHARES

    काठमाडौं । १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका नेपालले जितेको छ ।

    ढाकामा भएको निर्णायक खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको हो । खेल सकिन एक मिनेट अगाडि नेपालले पेनाल्टीबाट गोल हुन नदिएपछि उपाधि नेपालको पक्षमा गएको हो ।



    डबल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालको चार खेलबाट १० अंक भएको छ । नेपाल प्रतियोगितामा अपराजित एक्लो टिम रह्यो । बंगलादेश भने सात अंकमै सीमित रह्यो ।



    तीन टिम सम्मिलित प्रतियोगितामा भुटान अंकविहीन स्थितिमा पुछारमा रह्यो । नेपालले यसअघि बंगलादेशविरुद्धको पहिलो खेलमा १–० को जित निकालेको थियो ।

    नेपालले बंगलादेशविरुद्धको दोस्रो खेलमा सुशिला केसीको गोलले १४ औं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफको ५४ औं मिनेटमा बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल फर्काइन । महिला फुटबल इतिहासमा नेपालले उपाधि जितेको यो दोस्रो पटक हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार