Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

घरमा चोरी गरिरहेको अवस्थामा मियाँ प्रहरीको फन्दामा

बारा । बारामा एउटा घरमा चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

जिल्लाको आर्दश कोतवाल गाउँपालिका–७ कोतवाली बस्ने आतित हुसेनको घरमा चोरी गरिरहेको अवस्थामा सुवर्ण गाउँपालिका–४ प्रशुरामपुर बस्ने २२ वर्षीय रहमान मियाँ अंसारी पक्राउ परेका हुन् ।

घरमा चोरी गरिरहेको अवस्थामा उनलाई बिहीबार राति इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई तलासी गर्दा ईन्सासको गोली जस्तो देखिने २ राउण्ड गोली, चाँदीको पायल २ थान, कङगन २ थान र रेडिमेट गहना फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077